१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ भदौ २३ मंगलबार ११:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाइयाे

Read Time : < 1 मिनेट
२०७७ भदौ २३ मंगलबार ११:१८:००

कोरोना संक्रमणको अवस्था स्थिर रहेपछि धनकुटामा जारी गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला संकट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले सीमामा कडाइ गर्दै मंगलबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

बैठकले कोरोना भाइरसको भयाभह अवस्था रहेका जिल्लासँग जोडिएका नाकामा बाह्य आगमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएकाबाहेक व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

प्रत्यक्ष रूपमा तराईका जिल्लासँग जोडिएका ठाउँबाट आउने सवारी तथा सर्वसाधारणको आवागमनलाई ठप्प पार्ने र अन्य मापदण्डअनुसार खोल्ने निर्णय भएको भएको सहायक प्रजिअ श्रेष्ठले बताए ।

कोरोना प्रभावको सुरुदेखिको अवस्थालाई समीक्षा गर्दै जोखिम रहे पनि परिस्थिति केही सहज बन्दै गएकाले सर्वसाधारणको दैनिकीलाई सहज बनाउन सुचारु गर्ने निर्णय गरेको हो ।

प्रशासनले धनकुटामा सरुवा भएर आएका दुईजना प्रहरीमा साउन २८ गते संक्रमण देखिएपछि साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ वटा वडा निषेधाज्ञा जारी गरेको थियो । 


निषेधाज्ञाको बीचमा भदौ १३ गते धनकुटामा एकैपटक १९ जनामा  र प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई समेत कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएर भदौ २२ गतेसम्म लम्ब्याएको थियो । पटक–पटक समय थप गर्दै गरिएको निषेधाज्ञाका कारण अस्तव्यस्त बनेको जिल्लाको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।