मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २० शनिबार १३:०९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउँछ : विश्व स्वास्थ्य संगठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २० शनिबार १३:०९:००

विश्व स्वास्थ्य संगठनले कोभिड– १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्न सक्ने बताएका हुन् । 

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा यसकाे जानकारी दिएको बताइएको छ । उनले पत्रकार सम्मेलनका क्रममा भनेका थिए,  ‘मलाई लाग्छ यो खोप बजारमा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुन सक्छ ।’

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशमा पनि पुग्न सकने देखिएको भन्दै उनले त्यसपछि विभिन्न देशमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताए । 
उनले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताए । 

त्यस ट्रायलको परिणाम यसै वर्षको अन्त्यसम्ममा या आगामी वर्षको सुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया सुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिए । रासस/एएनआई