
सिराहाको गोलबजार नगरपालिकाले आफ्नै लगानीमा कोराना अस्पताल तथा आइसोलेसन भवन निर्माण थालेको छ । गोलबजार नगरपालिका– ४ चोहर्वामा नगरप्रमुख देवनाथ साह, उपप्रमुख रेशमकुमारी थापाले शुक्रबार ५० शय्याको कोरोना अस्पतालको शिलान्यास गरेका छन् ।
कोरोना विशेष अस्पताल र आइसोलेसन सेन्टर अभावमा कोरोना संक्रमितले समस्या झेल्नुपरेको गुनासो गरेपछि नगरपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण थालिएको नगरप्रमुख साहले बताए । आर्थिक वर्ष ०७७/७८ को वडाका लागि विनियोजन गरिएको बजेट कटौती गरी सो बजेटले कोरोना अस्पताल र आइसोलेसन सेन्टर निर्माण थालेको बताए । गरी कम्तीमा एक महिनाभित्र अस्पताल र सेन्टर निर्माण गरी सञ्चालन गरिनेछ । उनले भने, ‘त्यसका लागि बजेट अपुग भए नगर कार्यपालिकाले स्रोत खोजी गरी तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।’
गोलबजार– ८ का बासिन्दा एवं पूर्वप्रशासक ललितबहादुर थापाले दिएको एक बिघा जग्गामा अस्पताल र आइसोलेसन सेन्टरको शिलान्यास गरिएको हो । करिब १० वर्षअघि अस्पताल निर्माणका लागि थापाले सो जग्गा दान दिएका थिए ।