१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १६:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप ६ सय ३८ जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण २७ मंगलबार १६:२४:००

पछिल्लो २४ घन्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितको संख्या २३ हजार नाै सय ४८ पुगेको छ । 

यो अवधिमा एक सय ७१ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

विगत २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा १० हजार चार सय ६२ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर सात हजार दुई सय एकजना सक्रिय संक्रमित रहेका छन् ।