१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ श्रावण १७ शनिबार १५:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा एकजना कोरोना संक्रमित थपिए, सातजना निको भएर डिस्चार्ज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ श्रावण १७ शनिबार १५:३०:००

कर्णालीमा शनिबार एकजना कोरोना संक्रमित थपिएका छन् । 

शनिबार प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा पाल्पा रम्भा गाउँपालिका–५ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

तिवारीका अनुसार हाल कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार नाै सय ३९ पुगेको छ ।

त्यसैगरी शनिबार कर्णालीमा सातजना निको भएर डिस्चार्ज भएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट चारजना, दैलेख अस्पतालबाट दुईजना र सल्यानको छत्रेश्वरी गाउँपालिकाको आइसोलेसनबाट एकजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको डा. तिवारीले जानकारी दिए । 

‘कर्णालीमा निको हुनेको संख्या १७ सय २२ पुगेको छ,’ उनले भने, ‘अहिले सक्रिय संक्रमित दुई सय ११ जना छन् ।’