- बुबोनिक प्लेगको जोखिम रहेको बताउँदै गत आइतबार चीनले केही मासुजन्य खाद्यवस्तुमा रोक लगाएको छ । १ जुलाईमा चीनसँग सीमा जोडिएको मंगोलियाको खुबोड प्रान्तमा दुईजना व्यक्तिमा ब्लुबोनिक प्लेग देखिएको थियो ।
- बुबोनिक प्लेग मुसाको एक प्रजातिबाट मानिसमा सरेको शंका गरिएको छ । यो येरसिनिया पेस्टिक नामक जीवाणुका कारण हुने तीनवटा प्लेगमध्येको एक हो ।
- सन् २०१० र सन् २०१५ मा विश्वभर देखिएको बुबोनिक प्लेगबाट तीन हजार दुई सय ४८ जना संक्रमित भएका थिए । तीमध्ये पाँच सय ८४ जनाको मृत्यु भएको थियो ।
- शरीरका अंगहरूमा पार्ने असरअनुसार प्लेग तीन प्रकारका हुन्छन्– बुबोनिक, सेप्टिसेमिक र निमोनिक । बुबोनिक प्लेगले नसा सुन्निएर घाँटी, काखी र तिघ्रामा समस्या गराउँछ ।
- प्रतिरक्षा प्रणालीको एक भाग अर्थात् लिम्फेटिक प्रणालीमा असर पु-याउँछ । शरीरमा लिम्फ नोडहरू सुनिन्ने समस्या हुन्छ।
- बुबोनिक प्लेग एक ब्याक्टेरियल संक्रमण हो । यो मुसाको टोकाइबाट मानिसमा सर्छ ।
- एकदमै कम प्रतिशतमा मात्र हावामार्फत र खोक्दा अर्को व्यक्तिमा सर्छ ।
- जीवाणुको संक्रमणपछि दुईदेखि तीन दिनको अन्तरालमा अचानक बुबोनिक प्लेगका लक्षण देखिन थाल्छन् । मांसपेशी दुख्ने, नसा सुन्निने, उच्च ज्वरो आउने, औँला, ओठ, टाउको दुख्ने, रगत जम्मा हुनेजस्ता जटिलता देखिन्छन् ।
- जनावरको प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति तथा मृत या जीवित जंगली जनावरलाई छुँदा यो प्लेगका ब्याक्टेरिया सर्छन् । त्यसैले मुसा, खरायो, माउसुलीजस्ता जीवलाई छुँदा र झाडीमा खाली खुट्टा हिँड्दा प्लेग संक्रमणको जोखिम रहन्छ ।
- लक्षणका आधारमा यसको उपचार गरिन्छ । सिप्रोफ्लोक्कासी, डोक्सिसाइक्लिनजस्ता एन्टिबायोटिक उपचारमा प्रयोगमा ल्याइन्छ ।