Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २८ बुधबार
  • Wednesday, 12 August, 2020
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार २३ मंगलबार १४:१३:००
मुख्य समाचार डिजिटल संस्करण

रोजगारी दिए लागुऔषध नियन्त्रण हुने अध्ययनको निष्कर्ष 

नयाँ पत्रिका, काठमाडाै‌
२०७७ असार २३ मंगलबार १४:१३:००

सरकारले पर्याप्त रोजगारी सिर्जना गर्न सके लागुऔषध नियन्त्रणमा ठूलो सहयोग पुग्ने एक अध्ययनले देखाएको छ ।  झन्डै ४० प्रतिशत व्यक्तिले बेरोजगारीका कारण लागुऔषध प्रयोग गर्ने गरेकोले सरकारले रोजगारी सिर्जनाका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने अध्ययनले देखाएको छ ।

सीमानाकामा चेकजाँच बढाउने, सचेतना कार्यक्रम गर्ने, निःशुल्क उपचारको व्यवस्था गर्ने र सीप विकासका कार्यक्रम गर्न सके लागुऔषधको प्रयोग घटाउन सकिने अध्ययनले देखाएको छ । कुल प्रयोगकर्तामध्ये ३९ दशमलव ७ प्रतिशत बेरोजगारी, १५ दशमलव ९ प्रतिशत व्यापार र १५ दशमलव ६ प्रतिशत दैनिक ज्यालादारी गर्ने व्यक्ति रहेका छन् । यसैगरी नोकरी गर्ने ११ दशमलव ७, अध्ययन गर्ने ८ दशमलव ७, वैदेशिक रोजगारीमा रहेका ४ दशमलव १, कृषि क्षेत्रमा ३ र अन्य क्षेत्रमा कार्यरत शून्य दशमलव ६ प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेका छन् । 

गृह मन्त्रालय लागुऔषध विभागका प्रमुख उपसचिव झंकनाथ ढकालका अनुसार लागुऔषध प्रयोग गर्नेको संख्या पनि बढ्दै गएको छ । केन्द्रीय तथ्यांक विभागको सहयोगमा गृह मन्त्रालयले गरेको अध्ययनअनुसार वि.सं. २०६९ को तुलनामा ०७६ सालमा ५ दशमलव ६ प्रतिशतले प्रयोगकर्ताको संख्या बढेको छ । ०६९ मा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता रहेकोमा ०७६ सालमा गरिएको अध्ययनले त्यो संख्या बढेर एक लाख ३० हजार चार सय २४ पुगेको उनले बताए । 

०६९ मा गरिएको अध्ययनको तुलनामा ०७६ मा गरिएको अध्ययनले २५ देखि २९ वर्ष उमेर समूहका व्यक्ति लागुऔषधको बढी प्रयोग गर्छन् । साथीहरूको संगतले ६७ दशमलव ७ प्रतिशतले लागुऔषध प्रयोग गर्नेहरू रहेको अध्ययनले देखाएको छ । डुलन्ते बिक्रेताबाट १४ दशमलव १, औषधि पसलबाट ८ दशमलव ४, अन्य पसलबाट ७ दशमलव २ र इन्टरनेको माध्यमबाट २ दशमलव ५ प्रतिशतले लागुऔषधि लिइरहेका छन् । 

सबैभन्दा बढी ५१ दशमलव १ प्रतिशतले एकान्त ठाउँ र २० दशमलव ४ प्रतिशतले घरमै यसको प्रयोग गर्ने गरेका अध्ययनले देखाएको छ ।