१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ जेठ ३१ शनिबार ०८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

मुगु-हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोल्ने कार्य सम्पन्न

Read Time : > 1 मिनेट
२०७७ जेठ ३१ शनिबार ०८:१६:००

मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने ६७ किलोमिटर लामो लिंक रोडको ट्रयाक खोलियाे

मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले  ट्रयाक खोल्ने कार्य सकिएको जनाएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु-हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो । 

६७ किलोमिटर लामो यो सडक खण्डको मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने लिंक रोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो ।  दुई जिल्ला जोड्ने लिंक रोड निर्माण पश्चात ग्रामीण भेगका नागरिकहरुलाई आवत–जावत गर्न सहज हुने भएको छ ।

सन् २०१८ मा सुरु गरिएको लिंक रोड निर्माण कार्य दुई वर्षभित्रै ट्रयाक खोल्ने कार्य सम्पन्न भएको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए । 

आयोजनाका फिल्ड व्यवस्थापक विष्टले नयाँ पत्रिकासँग भने, 'दुई वर्षको अन्तरालमा ६७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । आगामी दशैँ भित्रै लिंक रोड निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड–१९ संक्रमणले केही ढिलो हुने भयो ।'

सल्लीसल्लादेखि चंखेली गाउँपालिकाको देउलीसम्म मुगु–हुम्ला लिंक रोडको ट्रयाक खोल्नु भन्दा पहिला १४.६ किलोमिटर सडक निर्माण भईसकेको र अब ६७ किलोमिटर मुगु–हुम्ला जोडने ट्रयाक खोल्ने काम सकिएको आयोजना फिल्ड व्यवस्थापक विष्टको भनाई छ । ट्रयाक खोल्ने कार्यमा ११ वटा स्काभेटर परिचालित गरिए पनि सडकको फिनिसिङ्गको काम भने मिश्रित प्रणालीबाट भएको छ ।

सडक निर्माणमा सहभागि ६४ समुह मध्ये ५४ समुह मुगु र १० समुह हुम्लामा परिचालित भएको विष्टले जानकारी दिए । सडक निर्माण कार्यमा १ हजार २ सय ८० जनशक्ति परिचालित छन् । 

चार वटा पुल निर्माण हुन बाँकी

मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोल्ने कार्य सकिएपनि चार ठाउँमा पुल निर्माण हुन बाँकी रहेको छ । मुगुको लुमखोला, मुगुकै दर्केखोला, हुम्लाकोे लेवराखोला, र लोती नदीमा पुल निर्माण हुन बाँकी रहेको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्टले बताए ।

चार स्थानमा पुल निर्माण भएपछि र सल्लीसल्लामा २० देखि २५ मिटर सडक निर्माण कार्य सकिने बित्तिकै कर्णाली राजमार्गबाट मुगु हुँदै हुम्लाको सर्केगाडसम्म सडक सञ्चालन हुने विष्टले बताए । ट्रयाक खोलिएको सडकको चौडाईं ५ मिटर हुनेछ । मुगु–हुम्ला लिंक रोड निर्माणमा बेलायत सरकारको २ अर्व २४ करोड लागतमा सडक निर्माण हुन लागेको हो । 

तस्बिर सौजन्य : विष्णुराम विष्ट