मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १९ सोमबार
  • Monday, 01 June, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार ०६:३५:००
सेयर बजार

धितोपत्र र राफसाफको काम  २० जेठसम्म स्थगित

नयाँ पत्रिका काठमाडौं
२०७७ जेठ १० शनिबार ०६:३५:००

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्रको कारोबार २० जेठसम्म स्थगित हुने बताएको छ । सोमबार नेप्सेले सूचना जारी गर्दै सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अवधि थप्ने निर्णय गरेपछि सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबार पनि बन्द गर्ने निर्णय भएको बताएको छ ।

यसअघि नेप्सेले ५ जेठसम्म बजार बन्द गर्ने भनेको थियो । साथै, सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेले वैशाखमा दुई दिन भएको सेयर कारोबारको राफसाफ तथा फस्र्यौट कार्यसमेत २० जेठसम्म स्थगित भएको जानकारी दिए ।