सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २८ आइतबार
  • Sunday, 12 July, 2020
२०७७ जेठ १ बिहीबार १२:४३:००
कोरोना अपडेट

भरतपुरमा थपिए एक संक्रमित, संख्या दुई सय ४६ पुग्यो

२०७७ जेठ १ बिहीबार १२:४३:००

चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नवलपरासीको देवचुली नगरपालिका– १२ निवासी ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

भरतपुर अस्पतलको कोभिड– १९ प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा कोरोना पुष्टि भएको बिहीबार दिउँसो १२ः१५ बजे मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

योसँगै नेपालमा संक्रमितको संख्या दुई सय ४६ पुगेको छ। यसअघि बिहीबार बिहान ६ वर्षीया एक बालिकासहित दुईजनामा कोरोना संक्रमण पुष्टि भएको थियो।