१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १५:३९:००
Read Time : < 1 मिनेट
समाचार

राहत वितरणमा सक्रिय १५ वर्षे भलिबल खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २६ शुक्रबार १५:३९:००

राष्ट्रिय भलिबल टिमकी कान्छी सदस्य उशा भण्डारी अतिविपन्न परिवारलाई खाद्यान्न वितरणमा लागेकी छिन् । लकडाउनको ४५औँ दिनमा ललितपुरको एकान्तकुनामा उषा खाना वितरणमा सक्रिय थिइन् । उमेरले भर्खर १५ वर्ष पुगेकी उषाले गत माघमा भएको साग गेममा पनि भाग लिएकी थिइन् । प्रधानमन्त्रीले वाचा गरेको प्रोत्साहन भत्ता नपाए पनि उनी नागरिकको सेवामा भने सक्रियताका साथ लागेकी छिन् ।

‘संकटको समयमा राष्ट्रका प्रत्येक नागरिकको जिम्मेवारी हुन्छ,’ उशा भन्छिन्, ‘राज्यलाई सहयोग गर्नु हाम्रो पहिलो दायित्व हो ।’ नाै कक्षाको परीक्षा दिएर १० कक्षाको पढाइ पर्खिरहेकी भण्डारी लकडाउनको सुरुवाती दिनमा घरमै बसेकी थिइन् । तर, लकडाउन लम्बिँदै गएपछि मानिसहरूले खाना खान नपाएको समाचारले मन छोएपछि खाना वितरण गर्न थालेको उनले बताइन् ।

राहतसँगै उषा खेल र पढाइमा पनि सक्रिय छिन् । ‘नाै कक्षा त जम्मा २२ दिन स्कुल गएर पास गरेँ,’ उशा भन्छिन्, ‘अब त एसइई हो त्यसैले पढ्नुपर्छ ।’ एसइईको परीक्षा दिनुपर्ने भएकाले यसपटक उनी पढाइमा धेरै केन्द्रित हुने सोचमा छिन् ।

१० कक्षाको किताब नपाए पनि उषा अनलाइन क्लास लिइरहेकी छिन् । हरेक बिहान घरमै शारीरिक अभ्यास पनि गरिरहेकी छिन् । ६ कक्षा पढ्दा भलिबल खेल्न सुरु गरेकी उषा नेपाल प्रहरीको पहिलो रोजाइको खेलाडी हुन् । गत माघमा भएको रेडबुल ढोरपाटन महिला सुजुकी भलिबल प्रतियोगितमा उदयमान खेलाडीको उपाधि हात पारेकी उषाले नेपालगन्जमा आयोजित प्रधानमन्त्री कपमा समेत उनले  उत्कृष्ट स्पाइकरको उपाधि हात पारेकी थिइन् ।