१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ चैत २१ शुक्रबार १२:२१:००
Read Time : < 1 मिनेट
समाचार

भैरहवामा कोरोना परीक्षण ल्याब सञ्चालन हुन अझै दुई दिन लाग्ने

Read Time : < 1 मिनेट
२०७६ चैत २१ शुक्रबार १२:२१:००

भैरहवामा कोरोना परीक्षण ल्याब सञ्चालन हुन अझै दुई दिनभन्दा बढी लाग्ने भएको छ । प्रदेश ५ बाहेक सबै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदा पनि भैरहवामा हुन सकेको छैन ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले भैरहवामा शुक्रबारदेखि परीक्षण सुरु गर्ने तयारी रहेको बताए पनि तयारी पूरा नभएका कारण ल्याब सञ्चालनमा आउन समय लाग्ने भएको हो । ल्याब भैरहवामा रहेको खाद्य तथा गुणस्तर मापन कार्यालयको परिसरमा सञ्चालनमा आउन लागेको हो ।  

ल्याबका निमित्त निर्देशक डा. राजेन्द्र गिरीका अनुसार ल्याब सञ्चालन हुने सरकारी कार्यालयको भवन मर्मत गर्न समय लागेको बताए । गिरीका अनुसार आइतबारसम्म मर्मतको काम सकिएपछि ल्याब सञ्चालनमा आउनेछ । 'हामी आइतबार परिक्षण गर्ने गरी तयारी गरिरहेका छौँ,' डा. गिरीले भने ।

मर्मतको काम गरिरहेका श्रमिक सुरज कहारले भवनमा टायल लगाउने काम भइरहेकोले काम सकिन कम्तीमा तीन दिन लाग्ने बताए । कहारले लकडाउनका कारण काम गर्न आउन नसकेकोले ढिलाइ भएको जानकारी दिए । 

ल्याबमा कोरोना परीक्षण गर्न संघीय सरकारले पठाएको उपकरण आइसकेको छ । उपकरण सञ्चालन गर्न विद्युतीय तार जडानको काम पनि अधुरोे छ । ल्याबका लागि आवश्यक जनशक्ति र प्राविधिक  तयारी अवस्थामा  छ ।

सरकारले प्रदेशहरूबाट जहाज र एम्बुलेन्समा स्वाब काठमाडौं पठाउनुपर्ने बाध्यता हटाउने गरी सबै प्रदेशमा ल्याब सञ्चालन गर्ने गरी चीनबाट उपकरण ल्याएको हो ।