मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १९ सोमबार
  • Monday, 01 June, 2020
नयाँ पत्रिका बागलुङ
२०७६ पौष ११ शुक्रबार १८:०८:००
अर्थ

ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने

नयाँ पत्रिका बागलुङ
२०७६ पौष ११ शुक्रबार १८:०८:००

नेपाल उद्योग वाणिज्य महासघंका उपाध्यक्ष एवं आईएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । गृह जिल्ला बागलुङमा शुक्रवारदेखि शूरु भएको बागलुङ महोत्सव उद्घाटन कार्यक्रममा ढकालले महासंघको आगामी चैतमा हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

ढकाललाई बरिष्ठ उपाध्यक्ष बनाउन बागलुङ उद्योग बाणिज्य संघ प्रस्तावक रहने उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताए । बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मिएका ढकाल यसअघि उद्योग बाणिज्य महासंघको दुई पटकसम्म सदस्य र हाल उपाध्यक्ष रहेका छन । ढकाल उपाध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।

वरिष्ठ उपाध्यक्ष स्वत महासंघको अध्यक्ष हुने प्रावधान छ । ढकालले आफ्नो उम्मेदवारी देशभरका उद्योगी व्यवसायीको सल्लाह अनुसार घोषणा गरेको बताए । उनले महासंघको क्रमिक रुपमा नेतृत्व गर्दै आएकाले अहिलेको आफ्नो उम्मेदवारी स्वभाविक भएको दाबी गरे । 

महोत्सव उदघाट्न कार्यक्रममा बोल्दै उनले व्यवसायीको हकहितको पक्षमा आफु सधै उभिएको बताए । उनले नेपालमा उद्योग व्यवसाय संचालनका लागि सरकारले लगानीमैत्री वातारण बनाउनुपर्नेमा जोड दिए । 

ढकाल नेपाल उद्योग बाणिज्यको महासंघको उपाध्यक्ष साथै रोजगारदात परिषद्को संयोजक समेत हुन् । उनी आईएमई ग्रुप, ग्लोबल बैंक, र चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्ष र डिसहोमका प्रर्वद्धकको रुपमा रहेका छन । 

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, सवारीसाधन तथा केबुलकार लगायतका दुई दर्जन भन्दा बढि व्यवसायमा लगानी छ । ढकाल नेपाल इन्डोनेसिया चेम्बर अफ कमर्स एण्ड ईन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रीका उपाध्यक्ष हुन । उनी मलेसिया चेम्बर अफ कमर्शका पुर्वअध्यक्ष पनि हुन ।