सीमा मिच्नेविरुद्ध  ‘कालापानी’ गीत सार्वजनिक

२०७६ कार्तिक २३ शनिबार ०९:५०:००
नयाँ पत्रिका, काठमाडाैं

लिम्पियाधुरादेखि लिपुलेकसम्मको अतिक्रमित विशाल नेपाली भूमिलाई समेटेर भारतले आफ्नो नक्सा सार्वजनिक गरेकोप्रति देशभर विरोध भइरहँदा ‘कालापानी’ गीत सार्वजनिक भएको छ । 

प्रभावन जेको शब्द/संगीतमा स्वयं प्रभावन जे, सपना गुरुङ, जीवन बडु, कुमार पौड्याल र विवेक चौलागाईंले स्वर दिएका छन् । गीतको एरेन्ज तथा मिक्सिङ जीवन बडुले गरेका हुन् । रेकर्डिङ मनोज डंगोलले गरेका छन् भने परिकल्पना राजाराम गौतमको रहेको छ । भिडियो सम्पादन नवीन भट्टले गरेका छन् । डिएआर मुभिजको युट्युबबाट गीत सार्वजनिक गरिएको हो ।