विप्लव कार्यकर्ता पक्राउ

२०७६ कार्तिक २२ शुक्रबार १५:४४:००
केशव गुरुङ

विप्लव नेतृत्व नेकपाका बागलुङ जिल्ला कमिटी सदस्य महेन्द्र भण्डारीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

बाग्लुङ ढोरपान नगरपालिका-६ घर भएका ३१ वर्षीय भण्डारीलाई मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उनलाई सार्वजनिक हित अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।