सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २७ शनिबार
  • Saturday, 11 July, 2020
फाइल फाेटाे
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २० बुधबार १२:४०:००
मुख्य समाचार

महंगो गाडी चढने तर उत्पादन नगर्ने मानसिकता रहँदासम्म मुलुकमा व्यापार घाटा भइरहन्छ : मन्त्री यादव

नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक २० बुधबार १२:४०:००
?>

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकमा अझै केही वर्ष व्यापार घाटा कायमै रहने बताएका छन् । 

आफ्नै पूँजी र सीपको प्रयोग गरेर जबसम्म हामी आफैं उत्पादन गर्दैनौं, तवसम्म मुलुकमा व्यापार घाटा कायमै रहने उनले बताए । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले राष्ट्र निर्माणका लागि आवश्यक पूँजी र प्रविधि मुलुक भित्रै रहेको दावी गर्दै त्यसको सदुपयोग गरेर अघि बढन सरकार र निजी क्षेत्रबीच सहकार्य गर्नुपर्ने आवश्यक्ता औंल्याए । नेपाल बनाउन नेपाली आफैंले सोच्नुपर्ने उनको भनाई छ । ‘नेपाल बनाउनलाई हामी आफैं सोचौं र  आपसी सहकार्य गरौं,’ उनले भने, ‘सहकार्य गर्नतिर बढि कोसिस गरौं, हामी सबैको क्षमता मिलायो भने नेपाल बनाउने हामीसँग सीप पनि छ, पूँजी पनि हुन्छ ।’ उनले बाह्य पूँजी र प्रविधि भित्र्याउन सकिन्छ तर बढि जोड आन्तरिक पूँजी र प्रविधिको परिचालन गरेर मात्रै मुलुकलाई बनाउन सकिने उनले बताए । 

मन्त्री यादवले देश भित्रै आपसी सहकार्यको अभावमा नेपाल बनाउने काममा अलमल भइरहेको बताए । उनले सबैभन्दा महंगो गाडी चढने तर त्यसको उत्पादन नगर्ने मानसिकता कायम रहँदासम्म मुलुकमा व्यापार घाटा भइरहने बताए ।