१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ भदौ १ आइतबार १३:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

डाइनोसरजस्तै राजतन्त्र पनि इतिहास मात्र : मन्त्री बास्कोटा 

Read Time : < 1 मिनेट
२०७६ भदौ १ आइतबार १३:१८:००

संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राजतन्त्र चिहानमा पुगिसकेकाले त्यसलाई बोकेर हिड्नुको औचित्य नभएको बताएका छन् । बागलुङमा आइतबार आयोजित कार्यक्रममा उनले डाइनोसरजस्तै राजतन्त्र पनि इतिहास मात्रै भइसकेकाे बताए ।

ढोरपाटन राष्ट्रिय दैनिकको १६ औंं बार्षिकोत्सवमा आयोजित कार्यक्रममा बास्कोटाले जतिसुकै आराधना गरेपनि राजतन्त्र नफर्किने स्पष्ट पारे । 

मुलुक निर्माणको जिम्मा कांग्रेस र नेकपालाई 
मुलुक निर्माणको जिम्मा कांग्रेस र नेकपाको भएकाे उल्लेख गर्दै उनले दुई दल मिले देशमा छिट्टै समृद्धि आउने बताए । 

कांग्रेस चौबाटोमा उभिएको यात्री जस्तो अन्यौलामा रहेको उनको भनाई थियो । कांग्रेसले साना मुद्दामा ठूला कुरा गर्दै हिडेको उनले बताए ।