मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ ३० मंगलबार
  • Wednesday, 16 September, 2026
नयाँ पत्रिका काटमाडौं
२o८३ भदौ ३० मंगलबार २२:१९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

झन्डै दुई अर्ब घाटा सहेर पेट्रोलियम पदार्थको मूल्य यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काटमाडौं
नयाँ पत्रिका
२o८३ भदौ ३० मंगलबार २२:१९:oo

नेपाल आयल निगम लिमिटेडले आगामी १५ दिनमा एक अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा सहेर पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । 

नियमित कार्यतालिकाअनुसार मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट प्रतिलिटर पेट्रोल १२ रुपैयाँ ४० पैसा र डिजेल चार रुपैयाँ ६८ पैसाका दरले बढेर आएको निगमले जनाएको छ। तर, भर्खरै मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका दीपक साहले कुनै राजनीतिक जोखिम लिन नचाहेको र ग्यास आपूर्ति पनि असहज भएका वेला सरकारप्रति आलोचना झन् बढ्ने जोखिम देखेपछि पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्न आयल निगमलाई दबाब परेको थियो। त्यसपछि, मंगलबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन नगर्ने निर्णय लिएको हो।

निगम सञ्चालक समितिको उक्त निर्णयपछि काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समान २ सय रुपैयाँ कायम छ। ग्यासको भाउ भने निगमले दुई हजार ६० मात्रै निर्धारण गरेको उल्लेख छ। उद्योगीले उक्त मूल्यमा १ सय ५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च जोडेर बिक्री मूल्य निर्धारण गरेका छन्। तर, तराईबाट ट्रकमा हालेर काठमाडौंमा ग्यास आपूर्ति गरिरहेका छन्।