मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार o९:२३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुटु अस्पतालले दियो ११ लाख ११ हजार १११ रुपैयाँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o९:२३:oo

गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । अस्पताल र कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीका तर्फबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

अस्पताल सञ्चालक समितिको मंगलबार बसेको बैठकबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भइरहेको अवस्थामा राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत कर्मचारीको एक दिनको तलबबराबरको चार लाख ४८ हजार १२५ रुपैयाँ र बाँकी ६ लाख ६२ हजार ९८३ रुपैयाँ अस्पतालबाट गरी ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरिएको आलमले बताए ।