मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o८३ भदौ १७ बुधबार o९:o२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चार फ्रेन्चाइज टोलीले भित्र्याए विदेशी खेलाडी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार o९:o२:oo

पहिलोपटक पुरुषततर्फको नेपाल भलिबल लिग (एनभिएल)मा विदेशी खेलाडीहरूको अनुबन्ध क्रमले तीव्रता पाइरहेको छ । चार फ्रेन्चाइज टोलीले मंगलबार विदेशी खेलाडीको कोटामा खेलाडी भित्र्याएका छन् । मधेश वारियर्स, कर्णाली शिवराज, काठमाडौं गोर्खाज र खप्तड फाल्कोन्सले विदेशी खेलाडी भित्र्याएका हुन् । यसअघि अन्नपूर्ण तीनजना विदेशी खेलाडीको कोटा पूरा गर्ने पहिलो टोली बनेको थियो । अन्नपूर्णले तीनजना विदेशी खेलाडी नै मंगोलियन राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गरेका अनुभवीलाई भित्र्याएको थियो । एनभिएलको पहिलो संस्करण आगामी १९ भदौदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुँदै छ ।

भारतका पाण्डियनले मधेशबाट खेल्ने 
मधेश वारियर्सले भारतका मोहनउक्र पाण्डियनलाई अनुबन्ध गरेको छ । मधेशले आफ्नो पहिलो विदेशी खेलाडीका रूपमा सेटर पाण्डियनलाई भित्र्याएको हो । उनीसँग भारतको राष्ट्रिय टोलीका साथै विभिन्न क्लबबाट खेलेको अनुभव छ । मधेशका मुख्य प्रशिक्षकमा भरत यादव र सहायक प्रशिक्षकमा सुरज भुजेल छन् । रविन नगरकोटी मार्की रहेको मधेशले अक्सनबाट धनबहादुर भट्ट, सन्तोष मेहता, रामविनय यादव, राजन थापा, विप्सन शाही ठकुरी, रविन रसाइली र सञ्जुविक्रम शाहलाई अनुबन्ध गरेको थियो । उसले ट्यालेन्ट हन्टबाट राजतिलकलाई छनोट गरिसकेको जनाएको छ । 

कर्णालीमा बेलारुसका आर्टसियोम 
कर्णालीले बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर कुड्रासोउको आगमनसँगै आक्रमण थप बलियो हुने अपेक्षा टोलीले जनाएको छ । कर्णालीले दोस्रो विदेशी खेलाडीका रूपमा कुड्रासोउलाई भित्र्याएको हो । यसअघि कर्णालीले पोल्यान्डका सेटर एमिलियन स्मेटेकलाई अनुबन्ध गरेको थियो । बेलारुसको राष्ट्रिय टोलीबाट खेलिसकेका कुड्रासोउसँग बेलारुस, पोल्यान्ड र इजरायलका क्लबबाट खेलेको अनुभव छ । कर्णालीका मुख्य प्रशिक्षकमा चन्द्रबहादुर कुँवर र सहायक प्रशिक्षकमा दीपेन्द्रप्रसाद भट्ट छन् । पहल गहतराज मार्की रहेको कर्णालीले अक्सनबाट नृपध्वज बस्नेत, सुरज चुनारा, सनोज चौधरी, विनोद चन्द, सन्दीप लोहार, बलराम गुरुङ र सुनील ठकुल्लालाई अनुबन्ध गरेको थियो । 

काठमाडौंमा दुई पाकिस्तानी खेलाडी
काठमाडौं गोर्खाजले पाकिस्तानका अदनान खान र अहमद मुस्ताफा खानलाई अनुबन्ध गरेको छ । अदनाम सेटर र अहमद साटसाइडका रूपमा प्रतिस्पर्धा गर्ने काठमाडौंले जनाएको छ । अहमदले पाकिस्तानको सिनियर टोलीबाट खेलिसकेका छन् । उनीसँग पाकिस्तानको उमेर समूहमा प्रतिनिधित्व गरेको अनुभव छ । यसअघि उनले नेपालमा खेलिसकेका छन् । उनले नवौँ एनभिए कप महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा रुकुम पश्चिमको प्रतिनिधित्व गरेका थिए । अदानसँग पनि नेपाली क्लबबाट पनि खेलेको अनुभव छ । उनले हेल्प नेपाल स्पोर्टस् क्लब र गण्डकी प्रदेशबाट नेपालका विभिन्न प्रतियोगिता खेलिसकेका छन् । काठमाडौंको मुख्य प्रशिक्षकमा नृपबहादुर विक र सहायक प्रशिक्षकमा मोतीराम नेपाली छन् । सुनील बोहरा मार्की रहेको काठमाडौंले अक्सनबाट सन्तोष राई, चिरञ्जीवी खड्का, सन्तोष विक, बलदेवसिंह धामी, जितबहादुर ढुंगेल, पुष्करसिंह धामी र दीपेश कुँवरलाई अनुबन्ध गरेको थियो । 

खप्तडले भित्र्यायो पहिलो विदेशी खेलाडी
फ्रेन्चाइज टोली खप्तडले पहिलो विदेशी खेलाडीका रूपमा फाल्कोन्सले बेनिनका बोस्कोलाई अनुबन्ध गरेको छ । बोस्को आउटसाइड हिटरमा रहने टोलीले जनाएको छ । उनीसँग भारत, माल्दिभ्स र बुर्किनाफासोको क्लबबाट खेलेको अनुभव छ । खप्तडको मुख्य प्रशिक्षकमा रूपेशकुमार विष्ट छन् । धीरोजकाजी बस्नेत मार्की रहेको खप्तडले अक्सनबाट सरोज बर्देवा, प्रेमप्रसाद गौतम, विवश थापा, इन्द्र विक, पारस बोहरा, नवराज थापामगर र नवराज धामीलाई अनुबन्ध गरेको थियो ।