मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
२o८३ श्रावण २९ शुक्रबार १८:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता चारैजनाको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १८:३९:oo

रोल्पाको सुनछहरी गाउँपालिका– २ भित्रीगामको फलबाङमा बिहीबार रातिको पहिरोमा परी बेपत्ता चारैजनाको शव भेटिएको छ।

सुनछहरी गाउँपालिका– २, फलबाङका ७७ वर्षीय बिरु घर्तीमगर, ६८ वर्षीया शनि घर्तीमगर, ७० वर्षीया लली घर्तीमगर र सुनछहरी गाउँपालिका– २, गिट्ठेमा बस्ने ६४ वर्षीया लामी घर्तीमगरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए।

मृतक बिरु र शनि श्रीमान्–श्रीमती हुन् भने अर्को एकजना बिरूका घरमा पाहुना आएका छिमेकी आफन्ती हुन्। राति पहिरोले घर पुरेको खबर प्रहरीले बिहान अवेला पाएको थियो।

जिल्लाकै थबाङ– ५, कोटलबारामा बुधबार राति गएको पहिरोका कारण १० जनाको मृत्यु भएको थियो भने तीनजना अझै बेपत्ता छन्।