नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेता दीपक खड्काले विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर कांग्रेस लुटेर लगेको आरोप लगाएका छन्।
शुक्रबार राजधानीमा जारी इतर पक्षको राष्ट्रिय भेलामा खड्काले भने, ‘हिजो निर्वाचन आयोगलाई हतियारका रुपमा प्रयोग गरेर तपाइँहरुले कांग्रेस लुटेर गएकै हो। यो अपराध हो, यो अपराध क्षम्य हुँदैन।’
सभापति गगन थापा पक्षको कांग्रेसलाई ‘चोइटिएर गएको कांग्रेस’ भन्दै खड्काले चोइटिएको कांग्रेसले मुलुक थेग्न नसक्ने जिकिर गरे।