मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २० बुधबार
  • Wednesday, 05 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २० बुधबार २o:o३:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

लन्डनमा बद्री, समीक्षा र दुर्गेशका साथ ‘तीज धमाका’ गर्दै ‘मिलानोयर इभेन्ट्स’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २० बुधबार २o:o३:oo

यस वर्ष हरितालिका तिजको अवसरमा लन्डनमा विशेष सांगीतिक कार्यक्रम ‘तीज धमाका २०८३’ आयोजना हुने भएको छ। ‘मिलानोयर इभेन्ट्स’को आयोजनामा आगामी ११ सेप्टेम्बरमा इस्ट लन्डनस्थित ‘द रोयल रिजेन्सी’मा यो सांगीतिक कार्यक्रम हुन लागेको हो।

इस्ट लन्डनको म्यानर पार्क स्टेसननजिकै रहेको यस भेन्यूमा चर्चित गायक बद्री पंगेनी, गायिका समीक्षा अधिकारी र इन्टरटेनर दुर्गेश थापाले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रमको सञ्चालन सिड्नी गुरुङ र ललाना चिमोरियाले गर्ने आयोजकले जनाएको छ।

दर्शकहरूलाई उत्कृष्ट मनोरञ्जनका साथै नेपाली खाना र बार सर्भिसको सुविधासमेत उपलब्ध गराइने कार्यक्रमका लागि टिकट बिक्री खुला भइसकेको छ। दर्शकले ‘सही सर्च’ वा आयोजकको इन्स्टाग्राम लिंकमार्फत स्ट्यान्डिङतर्फ ३० पाउन्ड र सिटिङतर्फ ३५ पाउन्डमा टिकट खरिद गर्न सक्नेछन्।

गत अप्रिलमा ‘नेपहप नाइट’ सफलतापूर्वक आयोजना गरिसकेको लुभिका रिमाल, विप्लभ रिमाल र प्रकाश रानाभाटको ‘मिलानोयर इभेन्ट्स’ले प्रवासमा नेपाली चाडपर्वको मौलिक माहोल सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागेको हो।