मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २० बुधबार
  • Wednesday, 05 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २० बुधबार २१:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २० बुधबार २१:५८:oo

बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको इलाका प्रहरी कार्यालय नवलपुरमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार इन्द्रावती गाउँपालिका–१, सिम्पाल काभ्रेका ४० वर्षीय रामबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो।

सिमराबाट काठमाडौं आउने क्रममा उनलाई विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ परेका थापालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय नवलपुर पठाउने तयारी भइरहेको छ।