मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २० बुधबार
  • Wednesday, 05 August, 2026
२o८३ श्रावण २० बुधबार २o:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुनकोशी नदीमा हामफालेर दम्पती बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २० बुधबार २o:१७:oo

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेर एक दम्पती बेपत्ता भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बुधबार साँझ करिब ६ः३० बजे मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका हुन । तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरबाट पीडित भई अपाङ्गता भएको प्रहरीले जनाएको छ ।

स्थानीयबाट घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी दोलालघाटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक यशुहरि अधिकारीको नेतृत्वमा र प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षक मनराज बानियाँको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटि दम्पतिको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।