१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असार २७ शुक्रबार १६:३३:००
Read Time : < 1 मिनेट
समाचार

अविरल वर्षाले काभ्रेको जनजीवन प्रभावित, पहिरोले घर पुरिँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार १६:३३:००

काभ्रेमा बिहीबारदेखिको निरन्तर वर्षाका कारण शुक्रबार जनजीवन प्रभावित बनेको छ । निरन्तर वर्षाका कारण ग्रामिण भेगका स्थानीय पहिरो आउने हो कि भन्ने चिन्तमा रहेका छन् ।

पहिरोले घर पुरिँदा बनेपा नगरपालिका–३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । स्थानीय रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीया गोमा दंगाल र उनकी ७ वर्षीया नातिनी सुहावी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । घटनामा परी उनकी बुहारी ३० वर्षीया सुशीला दंगाल र नातिनी ३ महिनाकी अनुश्का दंगाल घाइते भएको पनि प्रहरीले जनाएको छ । घाइतेको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । छिमेकी दिवाकर दाहालका अनुसार करिब २५ मिटर खसेको पहिरोले कच्ची तथा ढुङगामाटोको घर बगाएको छ ।

ठाउँ ठाउँमा पहिरो
बिहीबारदेखिको अविरल वर्षाका कारण काभ्रेका विभिन्न ठाउँमा पहिरो गएको छ । केही ठाउँमा पशु चौपायलाई समेत क्षती पु¥याएको छ । निरन्तर वर्षाका कारण भूकम्प पश्चात घर बनाउन नसकेका भूकम्पीडितहरु त्रसित भएका छन् । 

विपी राजमार्ग सहित ग्रामिण सडक अवरुद्ध
काभ्रेको विपी राजमार्ग सहिद विभिन्न ग्रामीण सडक अवरुद्ध भएको छ । वर्षाका कारण विपी राजमार्ग स्थित माम्तीमा माम्ती खोला बढेपछि राजमार्ग अवरुद्ध भएको हो । त्यससँगै काभ्रेको विभिन्न ग्रामीण सडकमा पहिरो ढिस्कोको कारण र खोला बढेको कारण सडक अवरुद्ध छन् ।

बनेपा र पनौती डुबानमा 
काभ्रेको बनेपा र पनौती डुबानमा परेको छ । वर्षाका कारण पुण्यमती खोला बढेपछि डुबानमा परेको हो । बनेपाको तरकारी बजार र पुण्यमती खोला आसपास पुलबजारमा खोला बढेपछि डुबानमा परेको हो । घरको दुईतल्ला सम्म पानीले भरको स्थानीयले बताएका छन् ।