
नेपालमा ठगी गरी दुबई पुगेकी महिला पक्राउ परेकी छिन्। इन्टरपोलबाट रेड नोटिस जारी भएकी फरार प्रतिवादी रूपन्देही बुटवल उपमहानगरपालिका–१ घर भएकी सरिता घर्तीमगर पक्राउ परेकी हुन्। युएईमा पक्राउ परेकी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ आइतबार नेपाल फिर्ता ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त मुद्दामा संलग्न रही फरार रहेकी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि एनसिबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० माघ १ गते उनीविरुद्ध रेड नोटिस जारी भएको थियो।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरी सुनसरी बुझाइने नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरेले बताए।