मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १६ सोमबार
  • Thursday, 04 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ १६ सोमबार १९:२o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

निर्माण व्यवसायी संघ कञ्चनपुरको नेतृत्वका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ १६ सोमबार १९:२o:oo

निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि २१ भदौमा हुन लागेको निर्वाचनका लागि पुष्पराज अवस्थीले प्यानल घोषणा गरेका छन्। संघको १५औं कार्यसमिति चयनका लागि हुने निर्वाचनमा अवस्थीले प्यानल घोषणा गरेका हुन्।

अवस्थी नेतृत्वमा वरिष्ठ उपाध्यक्षका लागि अमरबहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरेसिह ऐर, सहकोषाध्यक्ष चित्र कार्कीको उम्मेदवारी दिने छन्।

प्यानल घोषणा गर्दै अवस्थीले साना व्यवसायीहरुलाई समेट्नेदेखि निर्माण व्यवसायीहरुको साझा समस्या पहिचान  गर्दै समाधानका लागि पहल गर्न आफू नेतृत्वमा आउन चाहेको बताए।

पूर्वउपाध्यक्षसमेत  रहेका अवस्थी यसअघि अध्यक्षमा पराजित भएका थिए। आफूले नेतृत्वमा पराजित भएपछि धेरै विषयकोे ज्ञान आर्जन गरेको बताउँदै उनले अब आम व्यवसायीहरुको हकहितका  लागि काम गर्नकै लागि नेतृत्वमा  जान चाहेको जिकिर गरे।

छुटाउनुभयो की ?