
विद्यालय शिक्षा विधेयकमा सरकारले विलम्ब गरिरहेको भन्दै राष्ट्रिय सभाका सांसदले असन्तुष्टि जनाएका छन्।
सोमबार सभाको शून्य समयमा सांसद भुवनबहादुर सुनारले १५ असारभित्र विधेयक पास हुन्छ भने पनि अझैसम्म राष्ट्रिय सभामा पेस नगरेकोमा प्रश्न गरे।
उनले भने, ‘शिक्षा विधेयक असार १५ भित्र पास हुन्छ भनेको सरकारले भाद्र १५ सम्म पनि राष्ट्रिय सभामा ल्याएको छैन, किन? यो सरकार शिक्षकहरूलाई अनादर गर्दै त छैन? फेरि शिक्षकलाई आन्दोलनमा आउन बाध्य पार्दै त छैन? विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न सरकारलाई सचेत गराउँछु।’