मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ४ बुधबार १९:३३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

युद्ध साहित्य पुरस्कार २०८२ ‘बारुदले कोरेका अक्षरहरू’लाई प्रदान गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार १९:३३:oo

भीम विरही राईको युद्ध कवितासंग्रह ‘बारुदले कोरेका अक्षरहरु’लाई युद्ध साहित्य पुरस्कार २०८२ (सन् २०२५) प्रदान गरिने भएको छ।

प्रत्येक तीन वर्षभित्र प्रकाशित नेपाली युद्ध साहित्यका कृतिहरुमध्येबाट एक उत्कृस्ट कृतिलाई ५० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरिँदै आएको युद्ध साहित्य पुरस्कार कोष बेलायतले जनाएको छ। कोषका अनुसार यस वर्षको चैत्रभित्र नेपालमा एक भब्य कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिने छ। 

अन्तराष्ट्रिय परदेशी साहित्य समूहले प्रकाशित गरेको ‘बारुदले कोरेका अक्षरहरु’मा कवि भीम वीरही राईका ३८ कविताहरु संकलित छन्। यी कविताहरु मुख्य गरी सैनिक जीवन, सेनामा सेवारत रहँदा देखे–भोगेका युद्धका विभीषिकाहरु र तिनले निम्त्याउने मानवताको विनाश, गोर्खाली सेनाको इतिहास, प्रेम, पीडा आशा, संघर्ष र परिवारसँगको बिछोडजस्ता विषयमा लेखिएका छन्।

राईका ‘विदेशी सिपाही’ (उपन्यास, २०५९), र ‘दबिएका आवाजहरु’ (कवितासंग्रह, २०६४) प्रकाशित छन्। भीम वीरही राई एक सेवा निवृत भारतीय गोर्खा सैनिक हुन्। उनी हाल अन्तराष्ट्रिय परदेशी साहित्य समूहका उपाध्यक्ष तथा विश्व नेपाली साहित्य महासंगका केन्द्रीय सदस्य छन्।