
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)को अध्यक्षमा तिलोत्तम पौडेल चयन भएका छन् । पौडेल सिजपको सदस्य संस्था जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तथा जागृति बाल क्लब नेपालका संस्थापक हुन् । काठमाडौँमा सम्पन्न भएको २३औँ स्थापना दिवस तथा नवौँ अधिवेशन एवं साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ समिति चयन भएको हो । अधिवेशनले सिजपको उपाध्यक्षद्वयमा हेमराज जोशी र ममता झा, महासचिवमा राजु घिमिरे, कोषाध्यक्षमा सम्झनाकुमारी मल्ललाई चयन गरेको छ ।
यसैगरी, सदस्यहरूमा गीता अधिकारी (कोशी), सञ्जयकुमार कुशवाहा (मधेश), शिवप्रसाद खकुरेल (बागमती), केशवप्रसाद पौडेल (गण्डकी), शिवलाल पाण्डे (लुम्बिनी), केशव आचार्य (कर्णाली), गीताकुमारी रावल (सुदूरपश्चिम), पिंकीसिंह राणा (खुला), शान्ताकुमारी दाहाल (खुला) र कुञ्जनी परियार प्यासी (खुला) निर्वाचित भएका सिजपमा महासचिव राजु घिमिरे रहेका छन् । द्वन्द्व, हिंसा, असुरक्षाबाट बालबालिकालाई जोगाउनुपर्ने, विद्यालय र बालबालिका शान्तिक्षेत्र हुन्, उनीहरूको बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकारको सुनिश्चितको पैरवी गर्दै २०६० मा भदाै ३ गते सिजप स्थापना भएको हो ।