
पूर्वश्रीमतीले दिएको जाहेरीका आधारमा नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङ पक्राउ परेका छन्। ललितपुर प्रहरीले उनलाई मंगलबार पक्राउ गरी जबर्जस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी चक्रराज जोशीका अनुसार उनलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।
केही दिनअघि गुरुङ पूर्वश्रीमतीको घरमा गएर झगडा गरेको र कुटेको भन्दै जाहेरी परेको थियो । आफूमाथि बलात्कारसमेत गरेको भनेर उनले जाहेरी दिएकी छिन् । इन्स्पेक्टर गुरुङले भने आफू बच्चा भेट्न जाँदा विवाद हुँदा कुटाकुट भएको र आफूविरुद्धको जाहेरी रिसइबीका आधारमा दायर भएको बताएका छन् । इन्स्पेक्टर गुरुङ १ नम्बर गणमा कार्यरत छन् ।