
पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताएका छन्। कलंकी होटेल एन्ड गेस्टहाउस एसाेसिएसनको १३औँ वार्षिक साधारणसभामा उनले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन, त्यसैले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न सरकार तयार रहेकाे बताए।
उनले सरकारको नियमन गर्ने काममा सहयोगी हुन, श्रम शोषण नगर्न र उपभोक्ताबाट अत्यधिक नाफा असुल नगर्न मन्त्री पाण्डेले आग्रह गरे । एकपटक आएको मान्छे पटकपटक आउने गरी राम्रो व्यवहार गर्ने र भौतिक व्यवस्थापनतर्फ सँगसँगै लैजान मन्त्री पाण्डेले व्यवसायीलाई आग्रह गरे । थकाली खाना लोकप्रिय हुनुको कारण त्यहाँ गरिने राम्रो व्यवहार भएकाे उनले बताए ।
मन्त्री पाण्डेले कलंकी–कोटेश्वर–स्वयम्भू आसपासका होटेल र गेस्टहाउसका पेसागत हितका लागि २०६६ सालमा स्थापित एसाेसिएसनमा हाल एक सय पाँच होटेल तथा गेस्टहाउस सदस्य रहेका छन् । संस्थाले आगामी दिनमा होटेल व्यवसायीका लागि आचारसंहिता जारी गर्न, कलंकी क्षेत्रमा सरसफाइ गर्ने र अन्य सामाजिक कार्य गर्ने योजना रहेको जनाएको छ ।