मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ४ बुधबार ११:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिकटकले नेपालको पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार ११:१३:oo

सामाजिक सञ्जाल टिकटकले नेपालको पर्यटन प्रवर्द्धन गर्न सघाउने भएको छ । टिकटक भिडियोमार्फत विश्वव्यापी रूपमा नेपालको पर्यटक प्रवर्द्धन गर्न विश्‍वसामु नेपाल पर्यटन बोर्ड र टिकटकबिच मंगलबार साझेदारी भएको छ ।

यसअन्तर्गत ह्यासट्याग लाइफटाइम एक्सपेरियन्स नामक विशेष अभियान सुरु गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडियोमार्फत विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ ।

समझदारीपत्र आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले यो सहकार्यलाई नेपालको पर्यटन प्रवर्द्धनको पहलमा महत्वपूर्ण योगदान दिने बताए । 

साझेदारीअन्तर्गत टिकटकले नेपालमै डिजिटल प्लाटफर्ममार्फत नेपालका कथाहरू सुनाउने विषयमा कार्यशाला गर्नेछ ।