मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ४ बुधबार
  • Wednesday, 20 August, 2025
डिलाराम भुसाल कपिलवस्तु
२o८२ भदौ ४ बुधबार ११:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय कृषि आधुनिकीकरणको वार्षिक समीक्षा : ‘गहुँ जोन’कार्यक्रम लागू गर्न माग

Read Time : > 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८२ भदौ ४ बुधबार ११:o७:oo

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, कपिलवस्तुले आर्थिक वर्ष ०८१/८२ मा सञ्चालन हुने कार्यक्रमबारे जानकारी गराएको छ। मंगलबार वाणगंगामा आयोजित कार्यक्रममा विगतका उपलब्धि, समस्या र आगामी योजना सार्वजनिक गरिएको छ । कार्यक्रममा वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझाले कपिलवस्तु जिल्लामा अहिले धान सुपर जोन, तरकारी जोन तथा माछा जोन कार्यक्रम सञ्चालनमा रहे पनि जिल्लामा गहुँको उत्पादन दर राम्रो भएकाले ‘गहुँ जोन कार्यक्रम’ थप गर्नुपर्ने आवश्यकता औंल्याउँदै यदि गहुँ जोन लागू भए कपिलवस्तु गहुँमा आत्मनिर्भर बन्ने सम्भावना प्रबल रहेको बताएका छन् । 

हाल कपिलवस्तुको वाणगंगा, कपिलवस्तु, बुद्धभूमि नगरपालिका, मायादेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकाका गरी ३४ वटै वडामा धान सुपर जोन कार्यक्रम सञ्चालनमा रहेको छ। त्यसैगरी तरकारी जोन बुद्धभूमि, कपिलवस्तु र मायादेवी गाउँपालिकाका १४ वटै वडामा र माछा जोन पाँचवटा पालिकाका ३९ वडामा लागू भएको छ ।  धान जोनको रूपमा सन् ०७३/७४ मा सुरु भएको कार्यक्रम आर्थिक वर्ष ०७५/७६ मा धान सुपर जोनमा स्तरोन्नति भएको बताएको छ ।

 कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले कृषिको उत्पादनलाई आधुनिक प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । उनले जिल्लाका ९६ वटै वडामा धान सुपर जोन लागू गर्नुपर्ने र साथै बढी आम्दानी हुने सम्भावना भएकाले गहुँ जोन तत्काल सञ्चालन गर्नुपर्ने माग गरेका छन्।
आचार्यले रासायनिक मलको अत्यधिक प्रयोगका कारण माटोको उर्वराशक्ति घट्दै गएको बताउँदै गँड्यौली र प्रांगारिक मल प्रयोगमा किसानलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । 

यसैगरी, जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, सहायक प्रमुख जिल्ला अधिकारी पदमलाल लामिछाने, जिल्ला समन्वय अधिकारी जर्नादन अधिकारीलगायतका वक्ताले कृषि कार्यक्रम प्रभावकारी बनाउन तीनै तहका निकायबिच सहकार्य अनिवार्य रहेको बताएका छन् । कार्यक्रममा डा. महेन्द्र यादवले माछा जोनअन्तर्गत जिल्लामा रहेका पाँचवटा ह्याचरीमध्ये दुईवटा जीर्ण अवस्थामा रहेका कारण नयाँ संरचना निर्माण गर्दा दीर्घकालीन योजनाअनुसार अघि बढ्नुपर्ने सुझाव दिए। उनले किसानले राम्रो उत्पादन गरे पनि माछाबजार व्यवस्थापनमा समस्या रहेको बताए ।

कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका कृषि तथा पशु विकास शाखाका प्रमुख, प्राविधिक, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, कपिलवस्तुका कृषि अधिकृत सौराज विश्वकर्माले गरेका थिए ।