मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 20 August, 2025
दीपक भट्ट रामेछाप
Invalid date format o९:o९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पुष्पलाल राजमार्गअन्तर्गत मन्थली–खिम्ती सडक अवरुद्ध

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format o९:o९:oo

सडक भासिएपछि रामेछापको पुष्पलाल राजमार्गअन्तर्गत पर्ने मन्थली–खिम्ती सडक बुधबार बिहानदेखि अवरुद्ध भएको छ। लिखु तामाकोशी गाउँपालिका– ७, तिल्पुङस्थित हलेदेनजिकैको कालोपत्रेसहितको करिब २० मिटर सडक भासिएपछि सो सडक हुँदै सञ्चालन हुने यातायातका साधन ठप्प भएका छन् ।

तामाकोशी नदीले तलबाट सडकमुनिको जमिन कटान गर्दा सडक भासिन पुगेको हो । सडक भासिएसँगै सो स्थानमा सडकको दुईतर्फ नै यातायातका साधनहरू रोकिएका छन्। सो सडक हुँदै रामेछापको उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र छिमेकी जिल्ला दोलखाको सहरे, तामाकोशी र मेलुङ गाउँपालिकाबाट छुटेका यात्रुवाहक बसमार्फत सयौँ यात्रु सोही रुटबाट बिपी राजमार्ग हुँदै राजधानी काठमाडाैंसम्म आवतजावत गर्ने गर्दछन् । छिमेकी जिल्ला दोलखा हुँदै राजधनी जानुभन्दा यस सडकबाट राजधानीसम्म पुग्न छोटो दूरी पर्ने भएकाले यात्रुले बढी मात्रामा यो सडक प्रयोग गर्ने गरेका छन् । 

भासिएको उक्त सडक तत्काल खुलाउन पहल भइरहेको छ । सडक खुलाउन लिखु तामाकोशी गाउँपालिकासँग सहकार्य गरेर जेसिबीमार्फत सडकको माथिल्लोतर्फको भाग कटान गरी सो स्थानबाट सडक खुलाउने गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।