मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से सामान्य अंकले बढ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ६.५१ अंकले बढेर दुई हजार ७७६.९० विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेको छ।

आज ३१६ कम्पनीका एक करोड ३१ लाख २४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा पाँच अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। अघिल्लो दिन ६ अर्ब १० करोडबराबरको सेयर कारोबार भएको थियो।

यस दिन नेप्सेका सबै उपसमूहको सूचक बढेको छ। १३ वटै उपसमूहको सूचक एक प्रतिशतभन्दा थोरैले बढेको हो।

आज सान्वी इनर्जी र पियोर इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यी कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेका छन्। सबैभन्दा धेरै गुमाएको नारायणी विकास बैंकको मूल्य पनि ६ प्रतिशतभन्दा धेरैले घटेको छ।