मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ श्रावण २२ बिहीबार
  • Friday, 14 August, 2026
२o८२ श्रावण २२ बिहीबार o८:१o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

रसिदको कप्तानीमा अफगानिस्तानले एसिया कप खेल्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २२ बिहीबार o८:१o:oo

अफगानिस्तान क्रिकेट बोर्डले बुधबार १७औँ संस्करणको एसिया कपका लागि रसिद खानको कप्तानीमा २२ सदस्यीय टोली घोषणा गरेको छ । एसिया कप क्रिकेट प्रतियोगिताको आगामी संस्करणका लागि अफगानिस्तान क्रिकेट बोर्डले २२ सदस्यीय टोली घोषणा गरेको छ । एसिया कपका लागि टोली घोषणा गर्ने अफगानिस्तान दोस्रो राष्ट्र हो ।

यसअघि बंगलादेशले प्रारम्भिक टोलीको घोषणा गरेको थियो । अफगानिस्तानले आफ्नो पहिलो खेल ९ सेप्टेम्बरमा हङकङविरुद्ध खेल्नेछ । १७औँ संस्करण ९ देखि २८ सेप्टेम्बरसम्म युएईमा हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । समूह ‘ए’मा भारत, पाकिस्तान, ओमान र आयोजक युएई रहेका छन् । यसैगरी, समूह ‘बी’मा अफगानिस्तान, बंगलादेश, हङकङ र श्रीलंका छन् ।

यसअघि एसिया कप भारतमा हुने भनिएको थियो । तर, भारतीय भूमिमा प्रतिस्पर्धा नगर्ने पाकिस्तानको अडानपछि एसियन क्रिकेट काउन्सिल (एसिसी)ले प्रतियोगिता युएईमा हुने निर्णय लियो । अफगानिस्तानले अनुभवी अलराउन्डर रसिदको कप्तानीमा टोली घोषणा गर्दा रहमानुल्लाह गुर्बाज (विकेटकिपर), सेदिकुल्लाह अटल, वाफिउल्लाह ताराखिल, इब्राहिम जदरान र दार्विस रसुलीजस्ता खेलाडीलाई समावेश गरेको छ ।

यसैगरी, टोलीमा मोहम्मद इसाक, मोहम्मद नाबी, सरफुद्दिन असरफ, करिम जनत, अजमतुल्लाह ओमरजाई, गुलबदिन नाइब, मजिब जदरान, एएम घाजनफर, नुर अहमद, फजल हक फारुकी, नवीन उल हक, फरिद मलिक, सलिम साफी, अब्दुल्लाह अहमदजाई र बसिर अहमद छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट शीर्ष दुई टोली सुपर ४ चरणमा प्रवेश गर्नेछन् ।

भारत र पाकिस्तान एकै समूहमा 
एसिसीले १७औँ संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गर्दा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानको भेट पक्का भएको हो । यसअघि प्रतियोगिता भारतमा हुने तय भए पनि पाकिस्तान भारत जान तयार भएन । यसअघि च्याम्पियन्स ट्रफीमा भारत पनि पाकिस्तान जान तयार भएको थिएन । दुई प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिचको खेल १४ सेप्टेम्बरमा हुनेछ ।

९ सेप्टेम्बरमा हुने उद्घाटन खेलमा बंगलादेश र हङकङले प्रतिस्पर्धा गर्नेछन् । समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । फाइनल खेल २८ सेप्टेम्बरमा हुनेछ । भारत एसिया कपको साबिक च्याम्पियन हो । उसले २०२३ को संस्करणमा श्रीलंकालाई फाइनलमा पराजित गरेको थियो ।