Skip This
एनपिएलको अक्सन शनिबार : शरद र आदिलसहित १५० खेलाडीको सूची तयार
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
Invalid date format १४:५१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एनपिएलको अक्सन शनिबार : शरद र आदिलसहित १५० खेलाडीको सूची तयार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५१:oo

नेपाल प्रिमियर लिग (एनपिएल) को  दोस्रो संस्करणका लागि शनिबार हुने मिनी अक्सनमा १५० खेलाडी समावेश हुने पक्का भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आठ टिमका लागि बाँकी खेलाडी अनुबन्ध गर्न बुधबार १५० जनाको सूची सार्वजनिक गरेको छ । अब, अक्सनमा सबै आठ टिमले तीनदेखि चार खेलाडी अनुबन्ध गर्नेछन्।

यसअघि नै सहभागी जनकपुर बोल्ट्स, कर्णाली याक्स, विराटनगर किंग्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले एक मार्कीसहित समान ६ खेलाडी रिटेन गरेका छन् । अब, अक्सनमा मात्र ३७ खेलाडीको खरिद हुँदै छ । 

क्यानले यसअघि मिनी अक्सनकोा लागि नाम दर्ता अनुरोध गरेको थियो । सोहीअनुसार ४५८ खेलाडीले नाम दर्ता गराएका थिए।  एनपिएलमा सहभागी आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा १५० खेलाडी अटाएका हुन्। क्यानका अनुसार श्रेणी ‘ए’ मा आठजना खेलाडी छन्। आठजनाभित्र मोहम्मद आदिल आलमसहित शदर भेषावकर, सुनाम गौतम, सूर्य तामाङ, पवन सराफ, देव खनाल, दिलीप नाथ र अर्जुन साउद छन्।

नेपाल टी–२० लिगमा फिक्सिङ आरोपछि आदिलले एनपिएलको पहिलो संस्करण गुमाएका थिए। अदालतबाट सफाइ पाएपछि उनी यो वर्ष अक्सनमा समावेश भएका हुन् । एनपिएलको पहिलो संस्करणमा अर्जुन र सूर्य लुम्बिनी लायन्स तथा दिलीप र सुनम पोखरा एभेन्जर्समा थिए। चोटका कारण सुनमले भने एनपिएल गुमाएका थिए । देवले कर्णाली याक्स, शरदले चितवन राइनोजको प्रतिनिधित्व गर्दा चोटका कारण पवनले एनपिएल खेल्न पाएका थिएनन्।

श्रेणी ‘बी’मा ३५ तथा ‘सी’मा १०७ खेलाडी छन् । एनपिएलको पहिलो संस्करणको अक्सनबाट ८८ खेलाडी (मार्कीसमेत) विभिन्न टोलीमा संलग्न थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ खेलाडीलाई निरन्तरता दिएका छन् । 

अब मिनी अक्सनमा श्रेणी ‘ए’का चार, ‘बी’का २३ र ‘सी’का १० खेलाडीमा मात्र बोली लाग्नेछ । फ्रेन्चाइज टोलीले श्रेणी ‘ए’का खेलाडीका लागि १०–१५, ‘बी’का लागि ५–१० तथा  ‘सी’मा रहेकाका लागि दुई–पाँच लाख रुपैयाँ खर्चिन पाउनेछन् ।