
सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रि–अर्डर गर्न मिल्ने जनाएको छ। ग्यालेक्सी जेड फोल्ड७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र एआई प्रविधिलाई एकसाथ ल्याएको छ।
ग्यालेक्सी जेड फ्लिप७ भने स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो। सानो भए पनि यो स्मार्टफोनले फ्ल्यागसिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउने कम्पनीको दाबी छ।
ग्यालेक्सी जेड फ्लिप७ ले परिष्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठुलो र उपयोगी कभर स्क्रिन छ। दुईवटा क्यामेराको वरिपरि रहेको बेझेल मात्र १.२५ मिमी मोटाइको छ र ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको छ, जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठुलो बनाएको छ।
फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले फ्लेक्सविन्डोबाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्। फ्लिप७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटिकता दिन्छ भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधारमार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ।
२५६ जिबी भेरियन्टमा यी स्मार्टफोनहरू अगस्त ७ (साउन २२) देखि प्रिअर्डर लिनका लागि वेबसाइटमा जानुहोस्। प्री–अर्डरको लागि दर्ता गरी रु ५ हजार अग्रिम भुक्तानी गरेपछि ग्राहकहरूले ओटिपी प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर स्टोरमा नयाँ फोल्डेबल फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन्।