मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १८ आइतबार १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई आमनिर्वाचनमा सर्वाधिक मत ल्याएर चुनाव जित्ने मै हुँ : प्रधानमन्त्री ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १६:o२:oo

प्रधानमन्त्री केपी ओलीले विगत दुई आमनिर्वाचनमा कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर जितेको बताएका छन् । सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन इतिहास’ पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘विगत दुईवटा चुनावमा सर्वाधिक मत ल्याएर जितेको सांसद मै हुँ। कुनै प्रकारको अनफेयर चिज नगरी कतै बुथ कब्जा नगरी, कसैलाई धम्की नदिई, कुनै अनुचित क्रियाकलाप नगरी एकदम स्वच्छताका साथ जनताले भोट दिएर जितेको हुँ। न बल प्रयोग न धन प्रयोग, धन र बल प्रयोगविना जितेको हुँ। रिस उठेर गाली गलौज गर्नु बेग्लै कुरा हो त्यो।’

प्रधानमन्त्री ओलीले ०४८ सालको निर्वाचनमा पैसा खर्च नगरी विजयी भएको स्मरण गराए । त्यतिवेला पार्टीले निर्वाचन क्षेत्र झापा जान जम्मा दुई सय दिएको, त्यसमा पनि २० रुपैयाँ बचत गरेको उनले बताए ।