मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
तिवारी यादव वीरगन्ज
२o८२ श्रावण १८ आइतबार १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वीरगन्ज महानगरपालिकामा अनियमितता : डोर हाजिरीका कर्मचारीमा नाै करोड ६ लाख भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १४:४२:oo

वीरगन्ज महानगरपालिका कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ मा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा तोकिएकोभन्दा बाहेकमा नियुक्ति गरेर डोर हाजिरीमा करोडौँ रकम भुक्तानी गरेको पाइएको छ ।

महानगरपालिका कार्यालयले ऐनमा तोकिएको पदबाहेक विभिन्न पद कम्प्युटर अपरेटर, सहायक कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, कुल्ली, सवारीचालकलाई डोर हाजिरीमा नियुक्ति गरी नाै करोड ६ लाख ७० हजार भुक्तानी गरेको पाइएको हो । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्वीकृत दरबन्दीमा नगरप्रहरी, सवारीचालक, सयस, बगैँचे, प्लम्बर करारमा प्रतिस्पर्धामार्फत राख्ने व्यवस्था रहेको महालेखाको प्रतिवेदनमा लेखिएको छ । तर, यसरी पालिकालाई चाहिने दरबन्दी किटान नगरी डोर हाजिरीमा राखी खर्च गरेको नियमसम्मत नदेखिएको महालेखा परीक्षक कार्यालयको ६२औँ प्रतिवेदनमा उल्लेख छ । 

ऐनबमोजिम कार्यालयमा आवश्यक पर्ने तोकिएको पदमा आवश्यक कर्मचारी प्रमुख प्रशासकीय अधिकृत दरबन्दी प्रस्ताव गर्नुपर्नेमा परामर्शदाताबाट तोकिएको पदबाहेकको समेत संगठन सर्वेक्षण व्यवस्थापन गराएको प्रतिवेदनमा उल्लेख छ । 
डोर हाजिरीमा नियुक्ति भएको कर्मचारीहरूको सम्बन्धमा गरिएको निर्णय तथा सम्झौता लेखापरीक्षणको क्रममा पेस नभएको प्रतिवेदनमा लेखिएको छ । यस्तै, प्रमाणित डोर हाजिरी लेखा परीक्षणको क्रममा पेस नभएकाले कर्मचारीले के–कति दिन कार्य गरेबापत भुक्तानी भएको हो सो सम्बन्धमा यकिन हुन नसकेको प्रतिवेदनमा औँल्याइएको छ । साथै कर्मचारीलाई के कार्यका लागि राखेको हो सोको प्रमाणसमेत नरहेको देखिएको प्रतिवेदनमा देखिन्छ । 

डोर हाजिरी गरेको कर्मचारीहरूलाई भएको ज्यालासमेत पारिश्रमिक, करार सेवा शुल्क तथा सेवा र परामर्श खर्च शीर्षकबाट गरेको हुँदा कति खर्च भएको भन्ने यकिन हुन नसकेको महालेखाको प्रतिवेदनमा लेखिएको छ । 
डोर हाजिरीमा तलब भुक्तानी भएका व्यक्तिहरूबाट वास्तवमा कार्य सम्पादन भए–नभएको यकिन गर्नुपर्ने सुझाव दिएको छ ।