मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार १६:२८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १६:२८:oo

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आज बुधबार प्रदेश सभा सचिवालयपरिसरमा भएको मतदानमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई आठ मतले पराजित गरेका हुन्।

बानियाँले कुल ३७ सदस्यीय संसदीय दलमा २२ मत प्राप्त गर्दा लामा १४ मतमा सीमित भए। एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ। यसअघि मंगलबार लामाविरुद्ध परेको अविश्वास प्रस्तावमा २२ मत पक्षमा र १५ मत विपक्षमा परेको थियो। अविश्वासको प्रस्ताव पारित भएसँगै लामाले दलको नेताको हैसियत गुमाएका थिए।

बानियाँ र लामाबिच दोस्रोपटक दलको नेतृत्वका लागि प्रतिस्पर्धा भएको हो। यसअघि पहिलोपटक १३ पुस ०७९ मा भएको निर्वाचनमा बानियाँ पाँच मतले पराजित भएका थिए। लामाले त्यतिवेला २१ र बानियाँले १६ मत प्राप्त गरेका थिए।

९ साउनमा बानियाँको नेतृत्वमा २१ सांसदले दर्ता गराएको अविश्वास प्रस्तावपछि लामा नेतृत्वको सरकारमा रहेका पाँचजना मन्त्रीले राजीनामा दिँदै बानियाँको पक्षमा उभिएका थिए। संसदीय दलको नेतामा पराजित भएका लामाले पदबाट राजीनामा नदिने दोहोर्‍याएका छन्।

दुवै उम्मेदवार पार्टी सभापति शेरबहादुर देउवानिकट भए पनि संसदीय दलमा लामाको पकड घट्दै गएको देखिएको छ। नयाँ नेताको चयनसँगै बागमती कांग्रेसमा शक्ति सन्तुलन नयाँ ढंगले निर्धारण हुने संकेत देखिएको छ।