मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १४ बुधबार o८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अर्धभूमिगत रहेका ९० वर्षीय मोहनविक्रम सिंह अब खुला राजनीतिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o८:oo:oo

पञ्चायतकालदेखि नै भूमिगत राजनीतिक जीवन व्यतीत गर्दै आएका नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह खुला भएका छन् । गत १० साउनमा सम्पन्न केन्द्रीय समिति बैठकले अर्धभूमिगत रहेका ९० वर्षीय सिंहलाई खुला गर्ने निर्णय गरेको हो ।

‘देशमा बढिरहेको प्रतिगमनको खतरा, राष्ट्रियता र सार्वभौमिकतामा बढ्दै गएको खतरासमेतका कारणले जनताका बिचमा गएर नै सार्वजनिक रूपले आफ्ना विचार लैजानुपर्ने आवश्यकतासमेत माथि ध्यान दिएर अब अर्धभूमिगत अवस्थाको ठाउँमा पार्टीको महामन्त्री सार्वजनिक नै हुनुपर्ने आवश्यकता देखेर पार्टीको केन्द्रीय समितिले त्यही प्रकारको निर्णय गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको संगठनात्मक प्रणाली पहिले जस्तो नै भूमिगत रहनेछ र पार्टीका प्रवक्ताहरूलाई खुला राख्ने पार्टीको पहिलेको नीति कायम रहनेछ ।’

पञ्चायती कालमा सिंहविरुद्ध वारेन्ट भएका कारण पूर्ण भूमिगत हुनुपरेको र बहुदलीय व्यवस्थापछि उनको नाममा वारेन्ट नभएकाले अर्धभूमिगत रूपमा रहेको जानकारी गराउँदै मसालले विभिन्न समयमा परिस्थिति वा आवश्यकताअनुसार त्यसबारे बेग्लाबेग्लै निर्णय हुँदै आएको प्रस्ट्याएको छ ।