मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमतीमा कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु, लामा र बानियाँबिच प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार १४:२६:oo

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ। प्रदेश सभा भवन परिसरमा केहीबेर अघिबाट मतदान प्रक्रिया थालिएको हो । संसदीय दलको नेताका लागि दुई दाबेदारबिच प्रतिस्पर्धा हुँदै छ।

हालका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँबिच प्रत्यक्ष प्रतिस्पर्धा भएको हो। लामा नेतृत्वविरुद्ध मंगलबार मात्र अविश्वास प्रस्ताव पारित भएपछि नयाँ नेताको चयन प्रक्रिया अघि बढाइएको हो । ११० सदस्यीय बागमती प्रदेश सभामध्ये कांग्रेसका ३७ जना सांसद छन्।

तीमध्ये बानियाँ पक्षमा २२ सांसद खुलेर उभिएका छन् भने लामा पक्षमा १५ सांसद देखिएका छन् ।मतदानपछि परिणाम सार्वजनिक गरिनेछ र त्यसको आधारमा कांग्रेस संसदीय दलको नयाँ नेता तय हुनेछ।