मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Wednesday, 30 July, 2025
२o८२ श्रावण १४ बुधबार o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमतीका मुख्यमन्त्री लामा मन्त्रिपरिषद् विस्तारकाे तयारीमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार o९:२५:oo

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसका पाँचजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयहरूमै मन्त्री नियुक्ति गर्ने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

पाँचजना मन्त्री पद रिक्त भए पनि कतिजनालाई मन्त्री बनाउने भन्नेमा मुख्यमन्त्री लामा सल्लाहमै रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । मन्त्री बन्नेहरूको नामावलीमा तीनजनाको मात्रै सार्वजनिक भएको छ । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठ युवा तथा खेलकुदमन्त्री र गीता गुरुङ सहकारी तथा गरिबी निवारणमन्त्री हुने जनाइएकाे छ।

नियुक्त गरिएका सबै मन्त्रीहरूको आजै शपथग्रहण गर्ने कार्यक्रम तय गरिएको मुख्यमन्त्री लामानिकट स्रोतले जनाएको छ। यसअघि कांग्रेसबाट राजीनामा दिएका मन्त्रीहरूको स्थान पूर्ति गर्न लामा नेतृत्वको सरकारमाथि चाप बढिरहेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गरिएको हो । मंगलबार संसदीय दलको नेताविरुद्धको अविश्वासको प्रस्तावमा भएको मतविभाजनबाट मुख्यमन्त्री लामाले दलको नेताको हैसियत गुमाइसकेका छन् ।