मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १४ बुधबार
  • Thursday, 31 July, 2025
२o८२ श्रावण १४ बुधबार २o:३२:oo
Read Time : < 1 मिनेट
प्रदेश

दलको नेता निर्वाचित भएपछि बानियाँद्वारा प्रदेश प्रमुखलाई जानकारी

सत्ता हस्तान्तरणको दबाब बढाउँदै बानियाँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १४ बुधबार २o:३२:oo

कांग्रेस बागमती प्रदेश संसदीय दलका नवनिर्वाचित नेता इन्द्रबहादुर बानियाँले बुधबार साँझ प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई आफू दलको नेता निर्वाचित भएको औपचारिक जानकारी गराएका छन् । बानियाँले प्रदेश प्रमुख कार्यालय, हेटौँडामा पुगेर निर्वाचन परिणामसहितको पत्र बुझाएका हुन् ।

बुधबार दिउँसोको मतदानमा कुल ३५ मध्ये २२ मत प्राप्त गर्दै बानियाँ दलको नेतामा विजयी भएका थिए । कांग्रेस संसदीय दलको विधान ०७९ को धारा ५ को उपधारा (२) अनुसार कुल सदस्य संख्याको बहुमत प्राप्त गरेपछि बानियाँको जित सुनिश्चित भएको हो । बानियाँको यो कदमसँगै प्रदेश सरकारमा नेतृत्व परिवर्तनको सम्भावना थप बलियो बनेको छ । कांग्रेसमा संसदीय अभ्यासअनुसार संसदीय दलको नेता नै कार्यकारी प्रमुख (मुख्यमन्त्री) बन्ने व्यवस्था रहेको छ । यही परिपाटीका आधारमा बानियाँले प्रदेश प्रमुखसँग औपचारिक रूपमा भेट गरेको अनुमान गरिएको छ ।

यता, बहालवाला मुख्यमन्त्री बहादुरसिंह लामाले भने तत्काल राजीनामा दिनुपर्ने अवस्था नभएको भन्दै सरकार विस्तारको तयारी थालेका छन् । उनले बिहीबार दिउँसो १ बजे तीनजना मन्त्रीको शपथ कार्यक्रम तय गरेका छन् । लामा गठबन्धनको समर्थनमा संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका हुन् । यद्यपि, संसदीय दलको नेताबाट पराजित भएपछि उनको नेतृत्वमा रहेको सरकारको वैधानिकता र नैतिकता दुवैको विषयमा बहस सुरु भएको छ ।