
उदयपुरमा करेन्ट लागेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– ८, बागचौरीमा विद्युतको पोलमा चढी विद्युत् लाइन बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
मंगलबार विद्युत् प्राधिकरण गाईघाट उदयपुरमा कार्यरत कर्मचारी त्रियुगा नगरपालिका– १० का वर्ष ४५ को रामकृष्ण राजधामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले जानकारी दिए ।
उनले भने, ‘मृत राजधामी करेन्ट लागेर गम्भीर घाइते भएका थिए । त्यसपछि जिल्ला अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु हो । उनका अनुसार उक्त घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।