सशस्त्र प्रहरी बलका एसएसपी मनीष थापाको डिआइजीमा बढुवा भएको छ। उनलाई मंगलबार सशस्त्र प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न लगाइएको छ।
डिआइजी थापा सशस्त्र प्रहरीको सिंस १ का अधिकृत हुन्। गत साता बढुवा समितिले उनको बढुवा सिफारिस गरेको थियो।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।