मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
Invalid date format ११:२५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मुगुबाट चार करोडभन्दा बढीको रैथाने अन्न निर्यात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२५:oo

मुगुबाट गत वर्ष चार करोडभन्दा बढीको रैथाने अन्न निर्यात भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेजविक्रम मल्लले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष ०८१/८२ मा मुगु जिल्लाका कृषकले उत्पादन गरेका अर्गानिक रैथाने अन्नहरू चार करोडभन्दा बढीकाे जिल्लाबाहिर निर्यात भएको बताए।

मुगुलाई  सिमीजोनको रूपमा लिई कार्यक्रम सञ्चालन गर्दै आएपछि सिमीजोनले सिमी ढुवानीमा ५० प्रतिशत अनुदान दिन थालेपछि निर्यात दर बढ्दै गएको छ। जिल्लाबाट ७४ मेट्रिकटन सिमी निर्यात भएको र सिमी ढुवानीमा किसानलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ कार्यालयले चार लाख ९० हजार ढुवानी अनुदान दिएको थियो ।

यस्तै गरी, २३० मेट्रिकटन अन्य रैथाने बाली निर्यात भएको र जसमा चिनो, काउनी, कोदो, फापरलगायतको अर्गानिक रैथाने अन्न रहेको कार्यालयले जनाएको छ । 
यी बालीकाे स्थानीय गाउँघरको मूल्य दुई करोड सात लाख हुन आउँछ। निर्यात भएका रैथाने अन्नहरूमध्ये सिमीलाई मात्र ढुवानी अनुदान दिइएको थियो । चालू आवमा सिमी ढुवानी अनुदानका लागि पाँच लाख र अन्य रैथाने बाली ढुवानी अनुदानका लागि तीन लाख बजेट विनियोजित भएको कार्यक्रम कार्यान्वयन इकाइ प्रमुख मल्लले बताए ।

चालू आर्थिक वर्षमा ८० मेट्रिकटन सिमी मुगु जिल्लाबाट निर्यात गर्ने लक्ष्य लिइएको कार्यालय प्रमुख मल्लले जानकारी गराए । जिल्लाका कृषकहरूले रैथाने अन्नबालीहरू चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल, जौ पर्याप्त मात्रामा उत्पादन गर्ने भए पनि बजारसम्म पुर्‍याउने यातायात साधन नहुँदा र बजार थाहा नपाउँदा गाउँघरमै सस्तो मूल्यमा बिक्री गर्दै वा सडाउँदै आएका छन् । 

सरकारले बजारीकरणको खोजी र ढुवानी अनुदान बढाउन ध्यान दिने हो भने ग्रामीण आर्थिक  विकासमा रैथाने बालीले राम्रो स्थान लिने विश्वास गर्न सकिन्छ ।